Logo

६ महिना तक्मे बुढाले विवाह लुकाए



हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिका निर्वाह गर्ने विल्सन विक्रम राई वैवाहिक जीवनमा बाधिएका छन् । उनले झापाकी सरिना लामासँग गतबर्षको फाल्गुनको अन्त्यमा मागी बिबाह गरेका हुन् ।

त्यो समयमा विल्सनको बिहेको तस्वीर फाट्टफुट्ट सार्वजनिक भएतापनि प्रायले सुटिङको फोटो सम्झेका थिए । दुलहीको पक्षले विभिन्न कारण तस्वीर सार्वजनिक गर्न नचाहेको कारण लुकाएको जस्तो भएको विल्सनले जनाएका छन् । सरिना विल्सनको स्कुलदेखिकी प्रेमिका हुन् ।

फाल्गुनमा इन्गेजमेन्ट गरेर बिहे भने भव्य गर्ने योजनामा रहेका विल्सनले सरिनाको ‘लामा परम्परा’ अनुसार तत्काल बिहे गर्नुपर्ने भएकाले सानो बिहे गरेको जनाएका छन् । सरिना ‘भुटानी शरणार्थी’ सम्बन्धी युएनको प्रोजेक्ट बन्द भएपछि  विल्सनको घर सम्हालेर बसेकी छिन् ।

विल्सन र सरिना हनिमुनका लागि अष्ट्रेलिया पुगेका थिए । सरिनाको मिडियासँग लजाउने बानीको कारण उनी मिडियामा आएकी छैनन् । बिहेपछि जीन्दगी बदलिएको विल्सनले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्