Logo

मोदी पनि न्यूयोर्क जाने



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी न्यूयोर्क जादै छन् । मोदी न्यू योर्कमा हुनलागेको संयुक्त राष्ट्र महासभा (यूएनजीए) को सम्मेलनमा उपस्थित हुन जान लागेका हुन् । बहुमतको सरकार बनाएपछि मोदी पहिलो पटक संयुक्त राष्ट्र सभामा उपस्थित हुन लागेका हुन् ।

संयुक्त राष्ट्रले जारी गरेको वक्ताहरुको सूचीत सूची अनुसार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि सोही दिनमा संविधानसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले कश्मीरको मुद्दालाई सम्बोधन गर्ने सम्भावना देखा परेको छ । मोदीले यू.एन.जी.ए सत्रलाई सम्बोधन गर्नेछन् । बिल एंड मेलिन्दा गेट्स फाउनडेसनले मोदीलाई “ग्लोबल गोल किपर अवार्ड”ले सम्मानित गर्ने भएको छ ।

न्यूयोर्क भ्रमणको क्रममा मोदीले “गान्धी पीस गार्डन”को उद्घाटन गर्नेछन् । सो कार्यक्रमको लागि १५० रुख रोप्न भारतीय वाणिज्य दूतावास तथा गैरसरकारी संस्था शान्ति कोष र न्यु योर्कको स्टेट युनिभर्सिटी ओल्ड वेस्टबरी सहमत भएका छन् ।



प्रतिक्रिया दिनुहोस्