Logo

डेंगु संक्रमणित कृषिमन्त्री खनाल डिस्चार्ज



काठमाडौं, २३ भदौ । डेंगुको संक्रमणका कारण अस्पताल भर्ना भएका कृषिमन्त्री चक्रपाणि खनाल आज डिस्चार्ज भएका छन् । डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाल भदौ १८ गते काठमाडौंको धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल अस्पताल भर्ना भएका थिए ।

कृषिमन्त्रीका स्वकिय सचिव दिपक चुँडालीले रिपोर्टर्स नेपाल डटकमकसँगको कुराकानीमा मन्त्री खनाल आज डिस्चार्ज भएका जानकारी दिए । उनकअनुसार स्वास्थ्य सामान्य बनेसँगै मन्त्री खनाल सोमबार डिस्चार्ज भएका हुन् ।

तस्विर सौजन्य : ग्राण्डी ईन्टरनेश्नल अस्पताल 



प्रतिक्रिया दिनुहोस्