Logo

“साहो”को दश दिनको कमाइ चार अरब



रेबेल स्टार प्रभास र श्रद्धा कपुर रहेको चलचित्र “साहो”ले दश दिनमा करिब चार अरब कमाइ गरेको छ । ३० अगस्टमा रिलिज भएको उक्त चलचित्र अझै हलमा जारी रहेको र अझै प्रदर्शन गर्न सकिने अनुमान गरिएको छ । यो फिल्मले विश्वव्यापी र दक्षिण भारतमा राम्रो प्रदर्शन गरिरहेको छ ।

फिल्ममा ज्याकी श्राफ, चंकी पाण्डे, नील नितिन मुकेश, मन्दिरा बेदी, महेश मांजरेकर, अरुण विजय र मुरली शर्माको पनि भूमिका रहेको छ । चलचित्रले दर्शकहरुबाट धेरै प्रशंसा कमाइरहेको छ । फिल्मले पाँच अरबको आकडा पार गर्ने आशा राखिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्