Logo

अजिङ्गरले चिल निल्दै (भिडियोसहित)



सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । अस्ट्रेलियाको एक घर नजिक पोलमा अजिङ्गरले चिल निल्दै गरेको भिडियो भाइरल भएको हो । घटनास्थलमै घर भएकी महिलाले आफ्नो कुकुरलाई आहार दिने क्रममा त्यो दृश्य देखेर भिडियो खिच्न सफल भएकी हुन् ।

 

चिललाई आफ्नो चपेटमा पार्न अजिङ्गरलाई करिब डेढ घण्टा समय लागेको उक्त महिलाले जनाएकी छिन् । उनले भिडियोका दृश्य सबै प्रकृतिक रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी हुन् । भिडियो राखेको करिब २० घण्टामै ५२ हजारले हेरेका थिए । यसले धेरै चर्चा कमाएको छ ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्