Logo

आँचल र अनुपको नयाँ गीत “तिम्रो शहर” सार्वजनिक (भिडियोसहित)



नायिका आँचल शर्मा र नायक अनुप बिक्रम शाहीको अभिनय रहेको नयाँ गीत “तिम्रो शहर”को भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा साहिमा श्रेष्ठको स्वर रहेको छ भने दिपक शर्माको संगीत तथा अमर बान्तुको शब्द रचना रहेको छ ।

गीतको भिडियो चलचित्र निर्देशक बसन्त निरौलाले निर्देशित गरेका छन् । गीतमा नायिका शर्मा नायक शाहिलाई भेट्न उनको शहर आएकी छन् । आँचलले धेरै कोशिस गरेपछि मात्र अनुपले उनको प्रेम स्विकारेका छन् ।

भिडियोमा पबित्रा आचार्यको कोरियोग्राफी रहेको छ । दिव्य सुवेदी सिनेमाटोग्राफर रहेको यस भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । आकर्षक स्थलहरुमा छायांकन गरिएको यस गीतले इन्टरनेटमा रिलीज भएसँगै तारिफ पाईरहेको छ ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्