Logo

सोचाई अनि नारीवादी (भिडियोसहित)



हे नर नारी, तिमी खोक्रो सोचाईको भकारी
तिम्रो खोक्रो नारीवादी अनि तिमी आफ्नै सानो सोचको पदाधिकारी –२

अछाममा महिला घरबाट छौपडीमा सर्दा
वीरगञ्जमा महिला दाईजोले मर्दा
कोही कतै बोल्दैनन् आवश्यकत्ता पर्दा
जहाँ आमा हरेक दिन रोएकी छे
छोरा चाहियो बुढालाई भन्ने वर्षैपिच्छे ब्याएकी छे
उनले न त न्याय पाएकी छे
न त कुनै व्यापारी नारीवादीको साथ पाएकी छे

पढ्छु भन्दा भन्दै दोलखाकी चेलीको सोह« वर्षमा विहे भयो अरे
१५ वर्षमा बच्च जन्माउने क्रममा आमाको ज्यान गयो अरे
यही कुरा फेशबुकमा भाईरल भएछ –२
फेशबुकमै बाल विवाहको नारा लागेछ
तर, अशिक्षाले भरिएको अनि फेशबुक नपुगेको

चेतना नफैलिएको त्यस्तो गाउँमा
फेरि अर्को सयौं घट्ना घटेछ

https://youtu.be/6ehkFQ6Q5gI

विवशतामा महिला रुँदा अशिक्षाले ग्रस्त हुँदा चेतनाले टुप्पो पनि नछुँदा
कोही नारीवादी अघि सरेर बोलेनन्–२
नारीवादी व्यापारीहरु त्यहाँ किन पुगेनन् ?

दाजु भाई आफ्नो आफन्तसँग छोरी चेली डराउँछे
लाखौं कोशिस गर्छे अनि आफ्नो शरिर बचाउँछे
कठै ती बिचरी समाजलाई भन्न डराउँछे
जनचेतना छैन अनि आफ्नै ज्यान फाल्न विवश हुन्छे

तर, आजको नारीवाद त्यस्ता पीडितलाई होईन
दुःखी कति छन् ? तर चेतना फेशबुकभन्दा बाहिर पुग्ने छैन्
पढेलेखेका महिला आफूलाई पुरुषसँग दाँज्न थाल्छे
दाँज्ने प्रतिष्पर्धामा पुरुषलाई सानो देखाउँछे
अनि आफू ठूलो भएको भान गर्छे
दाँज्नै नमिल्ने महिला पुरुषलाई पैसामा तौल्छे
अनि कमाईको आधारमा उसले व्यवहार गर्छे

हे, नारीवादी तिमीलाई बोल्नु नै छ त सोलुमा जाउ
अछाम जाउ, अशिक्षाले भरिएको ती गाउँ-गाउँ जाउ
अनि चेतनाका गीत गाउ
हे नारीवादी शिक्षित र सम्पन्नताले भरिपूर्ण भएको समाजमा विकृतिको जरा नगाढ

——सीमा धमला पन्त 

 



प्रतिक्रिया दिनुहोस्