Logo

करोडौंको विदेशी मुद्रा भएको राजढुकुटीको साँचो एकै व्यक्तिको हातमा



सुडानको राष्ट्रपति भवनमा एउटा राजढुकुटी थियो जसमा करोडौंको विदेशी मुद्रा थियो । साँचो भने एकजना व्यक्तिको हातमा मात्र थियो । ती व्यक्ति थिए तत्कालिन राष्ट्रपति ओमार अल बसिर ।

बसिरलाई सुडानको सेनाले अपदस्थ गरी पक्राउ गरेपछि राजढुकुटीको साँचो खोज्दा कसैसँग भेटिएन । अन्तमा बसिरको साथमा रहेको पत्ता लाग्यो । जब ढुकुटीको साँचो लिएर खोलियो त्यहाँ करोडौं विदेशी मुद्रा भेटियो ।

ढुकुटीको पैसा बसिरले आफूखुशी चलाउँथे । उनले एकैपटक सवा करोड डलर सम्म सहयोग दिएको क्षण थियो । उनले जसरी जसलाई चाह्यो त्यसरी ढुकुटीको पैसा झिकेर दिनेगर्थे । रकम दिएको र लिएको कुनै रसिद बनाउँदैनथिए कोठाको साँचो विश्वासपात्रलाई दिएर चाहेको रकम झिक्न लगाउँथे । त्यसमा कसैले तलमाथि गर्न सक्दैनथियो ।

सुडानमा तीन दशक शासन गरेका बसिर अहिले खार्तुमको जेलमा छन् । उनलाई राजनीतिक बन्दीहरु राखिएको ठाउँमै राखिएको छ । –एजेन्सी



प्रतिक्रिया दिनुहोस्