Logo

नेपाल र चीनबीच तीन समझदारी (फोटोफिचर)



काठमाडौं, २३ भदौ । नेपाल र चीनबीच तीन वटा महत्वपूर्ण विषयमा समझदारी भएका छन्। आज (सोमबार) काठमाडौंको होटल याक एन्ड यतिमा भएको परराष्ट्रमन्त्रिस्तरीय बैठकमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा दुई देशका अधिकारीहरूले सम्झौता पत्र अदान–प्रदान गरेका हुन् । आज भएको समझदारीअनुसार चीनले हिमाल पारीको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा अस्पताल बनाउनेछ।

त्यस्तै, चिनियाँ पक्षले आपतकालीन सेवाका लागि गृह मन्त्रालयलाई ५ हजार टेन्ट उपलब्ध गराउने सझदारीमा पनि हस्ताक्षर भएको छ।चीनले बाढी प्रभावित नागरिकलाई १ करोड ६० रुपैयाँ सहयोग गर्ने समझदारी पनि भएको छ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्