Logo

काश्मिर मामलामा नेपालले भारत र पाकिस्तानको बीच मध्यस्थता गर्नुपर्ने सुझाव



काठमाडौं, भदौ २३ । प्रतिनिधिसभा बैठकमा सांसदहरुले रोचक विषय उठाउने गर्छन् । आइतबार त्यस्तै रोचक विषय उठ्यो ।

समाजवादी पार्टी नेपालकी सांसद रेणुका गुरुङले काश्मिर मामलामा नेपालले मध्यस्थता गर्नुपर्ने विषय उठाइन् । उनले काश्मिर मामलामा भारतले ५ अगष्टका चालेको कदमपछि उत्पन्न क्षेत्रीय गतिरोध कम गर्न नेपालले मध्यस्थताको भूमिका निभाउनुपर्ने बताएकी हुन् । उनले भनिन् , ‘काश्मिरमा नेपाली गोर्खा सैनिकहरु पनि छन्, त्यहाँ नेपालले मध्यस्थता गर्नुपर्छ ।’

संसदमा आफ्नो विषय पढेर राखेकी उनले काश्मिरको इतिहास समेत व्याख्या गरिन् । लामो इतिहास व्याख्या गर्नुअघि उनले मध्यस्थताको विषय राखेकी हुन् । सर्लाहीबाट समानुपातिकतर्फकी सांसद गुरुङको बोली फरक भएपनि कार्यान्वयनमा कठिन देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्