Logo

रवि लामिछानेलाई थुनामा राख्न निवेदन



काठमाडौं, भदौ २३ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको मुद्दामा धरौटीमा रिहा भएका टेलिभिजन प्रस्तोता रवि लामिछानेमाथि नयाँ चुनौती देखिएको छ । उनीसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने निवेदन सरकारी वकिल कार्यालयबाट दर्ता भएको छ ।

उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले जिल्ला अदालत चितवनको फैसला उल्टाउन सोमबार निवेदन दर्ता गरेको हो । निवेदनमाथि मंगलबार नै सुनुवाई हुने भएको छ । उच्च अदालतले जिल्ला अदालतको धरौटीमा रिहा गर्ने फैसला उल्टाएमा लामिछाने पुनः थुनामा पर्न सक्छन् ।

शालिकराम पुडासैनीको चितवनस्थित कंगारु होटलमा रहस्यमयी निधनपछि अनुसन्धानका क्रममा प्रहरीले आत्महत्याको दुरुत्साहन गरेको भन्दै लामिछानेसहित तीनजनालाई पक्राउ गरेको थियो । लामिछाने पक्राउपछि उनलाई छुटाउन सडकमा प्रदर्शनहरु समेत भएका थिए । जिल्ला अदालतले पाँच लाख धरौटीमा रिहा गरेपछि लामिछाने काठमाडौं फर्किएर नियमित कार्यक्रम संचालन गर्दै आएका छन् । उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले थुनामा राख्न निवेदन दिएसँगै पुडासैनी आत्महत्या घटनाको अदालती कारबाही कठिन र लामो हुने छाँट देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्