Logo

भोलिबाट पाइपलाइनमा तेल



काठमाडौं, भदौ २३ । भोलिबाट नेपालले भारतबाट पाइपलाइनमा तेल आयात गर्नेछ । अमलेखगञ्जस्थित डिपोमा भारतको मोतीहारीबाट सिधै पाइपलाइनबाट तेल आयात हुनेछ ।

नेपाल र भारतका प्रधानमन्त्रीहरुले भिडियो कन्फरेन्समार्फत् पाइपलाइनको उद्घाटन गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरे लगत्तै मोतीहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट तेल झर्नेछ ।

६८.९ किलोमिटर लामो पाइपलाइन महत्वाकांक्षी योजना अन्र्तगत पर्दछ । प्रतिघन्टा दुई लाख लिटर तेल बग्ने पाइपलाइनका खसेको तेल जम्मा गर्ने चारवटा ट्यांक अमलेखगञ्जनमा निर्माण गरिएका छन् । प्रत्येक ट्यांकले तीन हजार नौ सय किलोलिटर तेल जम्मा गर्ने क्षमता राख्छन् । झण्डै तीन अरब भारतीय रुपैयाँ लागतमा निर्माण भएको पाइपलाइन निर्माणमा नेपाल सरकारको एक अर्ब नेपाली रुपैयाँ लगानी रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदाको बखत भारत भ्रमणका दौरान पाइपलाइन निर्माणको सम्झौता थयो । पाइपलाइन निर्माणका लागि निकै चुनौती झेल्नुपरेको थियो । तीन किलोमिट पर्सा वन्यजन्तु निकुञ्ज क्षेत्र पर्ने भएकाले वातावरणीय चुनौती समेत आएको थियो ।

यसैगरी, भारतीय प्रधानमन्त्री कार्यालयले ट्वीट गर्दै भोलि हुने पाइपलाइन उद्घाटनको जानकारी गराएका छन् । पाइमपाइन योजनालाई दुई देशको निकट सम्बन्धको उदाहरण भनिएको छ । भारतीय प्रधानमन्त्री कार्यालयले यसबाट ऊर्जा सुरक्षाको विकास हुनुका साथै ढुवानी खर्च बच्ने विश्वास गरेको जनाएको छ । Photo Source: The Tribune



प्रतिक्रिया दिनुहोस्