Logo

ओली–वाङ भेट : राष्ट्रपति सी जीन पिङ छिटै नेपाल आउने



काठमाण्डौ । तीन दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार अपरान्ह बालुवाटारमा भएको भेटवार्तामा दुईदेशिय सम्बन्धका बारेमा छलफल भएको थियो । त्यस्तै भेटमा प्रधानमन्त्री ओलीले नेपालको बिकासमा चीनले खेलेको भूमिकाको स्मरण गरे । त्यस्तै उनले समायानुकुल दइदेशियसम्बन्धलाई थप प्रगाढ गर्दै लैजानुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमण छिट्टै हुने विश्वास व्यक्त गरेका छन् । चिनियाँ विदेशी मन्त्री वाङ यीसँगको भेटमा सो विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङले उपयुक्त समयमा राष्ट्रपति सीको नेपाल भ्रमण हुने विश्वास दिलाएका थिए ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण छिट्टै हुने विश्वास व्यक्त गर्नु भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिएका हुन् ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले चीनले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा पु¥याउँदै आएको सहयोगका पनि खुलेर प्रशंशा गरेको भट्टराईले बताए ।

नेपाली भूमि कुनै पनि मुलुकको विरुद्ध प्रयोग हुन नदिने नेपालको अडान पनि प्रधानमन्त्री ओलीको दोहो¥याउनु भएको पनि परराष्ट्र सल्लाहकार भट्टराईले जानकारी दिए ।

भेटमा विदेशमन्त्री वाङले राष्ट्रपति सी र चिनियाँ सरकारले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुःखी नेपाली’ को नारालाई पूर्ण समर्थन रहेको सन्देश पठाएको जानकारी गराएका थिए ।

त्यसक्रममा चिनियाँ राष्ट्रपति सी र सरकारले प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य लाभको कामना गर्नु भएको पनि बताएको परराष्ट्र सल्लाहकार भट्टराईले जानकारी दिए ।

भेटमा चीन र नेपालबीच भएको द्धिपक्षीय समझदारी कार्यान्वयनमा पनि जोड दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्