Logo

लिओनल मेस्सीको सम्पत्ति र आम्दानी



लियोनल मेस्सी अर्जेन्टिनाको श्रमजीवी वर्गको परिवारमा जन्मेका थिए । मेस्सीका बुबा फ्याक्ट्री स्टिल मजदुर थिए र उहाँकी आमा क्लीनर थिइन् । मेस्सीको फुटबलको प्रतिभा स्पष्ट थियो तर ११ वर्षको उमेरमा उनलाई ग्रोथ हार्मोनको कमी भयो । यो अवस्थाले मानवीय विकासलाई रोक्छ र हार्मोनको कमी हुने उपचार महँगो हुन्छ । यसले शरीरमा निकै समस्या झेल्नु परेको थियो ।

फोर्बसका अनुसार स्पेनका एफसी बार्सिलोनाका लागि स्टार फारवर्ड तथा अर्जेन्टिनाको राष्ट्रिय टोलीका कप्तान लियोनेल मेसी २०१९ मा फ्लोड मेवेदर पछि विश्वको सबैभन्दा बढी पारिश्रमिक पाएका खेलाडी हुन् । २०१७ मा मेस्सीले १११ मिलियन डलर कमाएका थिए जसमा एफसी बार्सिलोनासँग सम्झौतामा ८० मिलियन डलर भन्दा धेरै र अनुबन्धहरूबाट २७ मिलियन डलर थपिएको थियो । उनको कुल सम्पत्ति ४० करोड डलर रहेको छ ।

सम्झौता र अनुबन्धन
मेस्सीसँग एडिडास कम्पनिले स्थायी जीवनकालभरीको सम्झौता गरेका छन् । यसले उनलाई एक वर्षमा १२ करोड भन्दा बढी मूल्य बराबरको रकम दिने गर्छ । उनीसँग एफसी बार्सिलोनासँग २०२० देखि २०२१ सिजनसम्म अनुबन्ध विस्तार गरिएको छ । जसका लागि उनलाई प्रति वर्ष तीन करोड ३० लाख डलर भुक्तानी गरिन्छ । यी सम्झौताको प्रभावले उनलाई विश्वमा सब भन्दा बढी आर्जन गर्ने फुटबल खेलाडी बनाएको छ ।
मेस्सीसँग पेप्सी–कोला (पीईपी)र हुआवेइ जस्ता कम्पनीहरूसँग एन्डोर्समेन्ट डिलहरू छन् । ईएसपीएनका अनुसार चीनले २०२० मा फुटबल खेलाडीको नाममा एउटा थीम भागको नाम राख्ने योजना गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्