Logo

क्रिकेट स्टार विराट कोहलीको सम्पत्ति कति



विराट कोहलीले नोभेम्बर ५ सन् १९९८ मा नयाँ दिल्लीमा जन्मिएका थिए । १९ वर्षको उमेरमा भारतको लागि क्रिकेटमा अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । कोहली उत्तम नगरमा हुर्केका थिए र उनले स्कूली शिक्षा विशाल भारती पब्लिक स्कूलमा गरेका थिए । उनलाई रन मेसीन पनि भनिन्छ ।

बलिउड अभिनेत्री अनुष्का शर्मासँग विवाह गरे । भारतीय क्रिकेट टीमको कप्तान भएको कारण विराट कोहली हाल बीसीसीआईको शीर्ष ए ं करारमा छन् । उनलाई वार्षिक सात करोड रूपैयाँ दिने सुनिश्चित गरिएको छ । उनलाई रोयल चलेंजर बंगलोरले १७ करोडमा किनेको छ । उनको कुल आम्दानी झण्डै सात अरब रहेको छ ।

उनको ब्रान्ड
कोहलीको २० भन्दा बढी ब्रान्डमा आवद्धता छ । विराटले प्रति दिन एउटा सटिङका लागि १० लाख डलर लिन्छन् । पुमा र एम आर एफ जस्ता ठूला कम्पनीले कोहलीलाई अनुबन्धन गरेका छन् । प्रशंसनीय ब्याट्सम्यानले आठ वर्षदेखि पुमासँग ११० करोड रूपैयाको सम्झौता गरिरहेका छन् ।

उनी कोलगेट, पामोलिभ, अडी, टिसोट, अमाजे ब्याट्री र इन्भर्टरहरू, हीरो मोटो कर्प, भोलिनी, टु यम्म, म्यानावर, बूस्ट, अमेरिकन टुरिस्टर, उबर, विक्स, फिलिप्स इण्डिया र अधिकका साथै ब्रान्डसँग पनि काम गर्दछन् । उबरसँग उनको भर्खरको सम्झौताले उनको राजस्व र ब्रान्डको मूल्यलाई बढाउन मद्यत गरेको छ ।

लगानी
विराट कोहलीले अत्याधिक रकम कमाइरहेका छन् । मैदानमा एक चतुर व्यक्ति भएकोमा उनी चतुर अफ फिल्ड पनि हुन् । नतिजा स्वरूप, विराटले विभिन्न क्षेत्रमा धेरै लगानी गर्ने गरेका छन् ।

विराटको नयाँ दिल्लीमा नुवा नामक रेष्टुरेन्ट रहेको छ जसले दक्षिण अमेरिकी खानाको विशेषता लाई महत्व दिन्छ । कोहली फुटबल प्रेमी हुन् । उनी फुटबल क्लबको मालिक पनि हुन् । उनी एफसी गोवा (इन्डियन सुपर लीग क्लब) का सह(मालिक हुन् र सो क्लबमा करिब एक करोड लगानी गरेका छन् । कोहलीको स्वामित्व २५ प्रतिशत रहेको छ ।

हार्टथ्रोबको कपडा उद्योगमा पनि उनको लगानी रहेको छ । विराट कोहली ब्रान्ड एम्बेसेडर पनि हुन् । कोहलीले कहिल्यै सम्झौता नगर्ने भनेको फिटनेस हो ।



प्रतिक्रिया दिनुहोस्