Logo

कास्की २ मा कुन पार्टीबाट को उम्मेदवार बन्दै ?



काठमाडौं २४ भदौ । उप निर्वाचन नजिक आइरहँदा कास्की क्षेत्र नम्बर २ अहिले चर्चामा रहेको छ । मुख्य दलहरुले आन्तरिक रुपमा उम्मेदवार तयार गरिरहेका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कास्की क्षेत्र नं. २ बाट प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कास्की–२ का निर्वाचित सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त स्थानमा गौतमलाई उम्मेदवार बनाउने तयारी भएको हो ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनजिक भएसँगै शक्तिशाली बन्दै गएका गौतमलाई सांसद बनाएर संघीय संसदमा ल्याउन खोजिएको स्रोतले जनाएको छ ।

नेकपाको अब बस्ने सचिवालय बैठकले गौतमको उम्मेदवारीका विषयमा निर्णय गर्ने एक सचिवालय सदस्यले बताए ।  नेपाली कांग्रेसले धनराज गुरुङ, साझा पार्टीले रवीन्द्र मिश्रलाई उम्मेदवार बनाउने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्