Logo

वामदेब गौतमलाई पनि डेंगुको सङ्का



काठमाडौ, २४ भदौै । शनिवार सामान्य जरो आएर अस्पताल पुगेका नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ ।

सोमबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पुगेका गौतमले रगत परीक्षणका लागि दिएका छन् । जरोसंगै उनलाई रुधाखोकीको पनि लक्षण देखिएको र रिपोर्ट नआउन्जेल डेंगु नै हो वा होइन भन्न नमिल्ने चिकिस्तकहरुले जनाएका छन् ।

चार दिन अगाडी सिंगापुरबाट फर्किएका गौतमलाई डेंगु उतै रोग सरेको वा नेपालमा नै हो भन्ने अहिले नै टुङगो नभएको पनि चिकिस्तकले जानकारी दिएका छन् ।

अहिले देशभर नै डेंगु महामारीको रुपमा रहेको बताउदै चिकिस्तकले सानो शंकाको भरमापनि रक्त परिक्षण गराउन आउनेको संख्या दिनानुदिन बढ्दै गएको जनाएका छन्। टेकु अस्पतालमा अहिले बिहानैदेखि रक्त परिक्षण गराउनेको लामो लाईन हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्