Logo

एउटा लामखुट्टेले टोक्दैमा डेंगु सर्छ ? यसरी पत्ता लगाउनुहोस्



काठमाडौं । अहिले डेंगुको प्रकोप देशभर नै बढ्दै जादा सर्वसाधरणमा त्रास र चिन्ता देखिन थालेको छ । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरे रोग पूर्ण रूपमा निको हुने चिकित्सकको भनाई रहको छ ।

रोग लाग्न नदिन र लागेको शंकालागेमा तुरुन्त अस्पतालमा भर्ना भई रोग विरुद्वको उपचारमा लाग्न चिकिस्तकहरुको सुझाव रहेको छ ।

आफ्नो घर आगन तथा आफ्नो वरिपरिको वातावरण सफा राख्न र राती सुत्दा झुल वा लामखुट्टे भगाउने धुप बालेर मात्र सुन्त चिकिस्तकहरुले आग्रह गरेका छन् ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिन नपर्ने जनाएका छन् । डा पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए ।

उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ । ८-१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै हो । तर, आत्तिनुपर्दैन ।’ डा। पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने बताए ।

यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जाऔं

–ज्वरो आउने
–आँखाको गेडी दुख्ने
–शरीरमा डाबर आउने
–बेस्सरी टाउको दुख्ने
–अरुचि हुने
–पेट तथा आन्द्रामा गडबडी हुने
–जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने

बच्ने उपाय
–लामखुट्टेको टोकाइबाट जोगिनु
–झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने
– पूरा शरीर ढाकिने गरी कपडा लगाउने
–राति र दिउँसो पनि झुलभित्र सुत्ने

कसरी सर्छ ?

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । बर्सातको समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ । आजको राजधानी दैनिकमा प्रशान्त वलीले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्