Logo

पल्टिएपनि टुटेको छैन विक्रम ल्यान्डर



भारतले पठाएको चन्द्रयानको असफल अवतरणका बाबजुद यानको विक्रम ल्यान्डर नटुटेको भेटिएको छ । ल्यान्डर एउटै ढिक्कामा रहेको पुष्टि भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इशरोनले पुष्टि गरिसकेको छ ।

ल्यान्डरले काम गर्ने आशा कायमै रहेपनि सम्भावना निकै कम छ । सम्पर्क स्थापना भएमा काम गराउन सकिने र यो वैज्ञानिक इतिहासमै अभूतपूर्व सफलता हुनेछ । यसको प्रयासमा इशरोनका वैज्ञानिकहरु सक्रिय छन् । पल्टेको अवस्थाम छ ल्यान्डर ।
चन्द्र सतहमा हराएको ल्यान्डर पल्टेको अवस्थामा भेटिएको थियो । ल्यान्डर टुटेको छैन र काम गर्ने सम्भावित अवस्थामा छ ।

ल्यान्डरसँग सम्पर्कको प्रयासमा वैज्ञानिकहरु जुटेका छन् । सम्पर्क स्थापित भएमा यानले केही न केही मात्रामा काम गर्नसक्ने आशा गरिएको छ ।

सतहमा पुग्नुभन्दा २।१ किलोमिटर माथिबाट सम्पर्क विच्छेद हुँदा यसले कठिन अवतरण गरेको पत्ता लागेको छ । गति घटाउँदै लगिएको अवस्थामा सम्पर्क विच्छेद हुँदा भारतको चन्द्रमामा यान सफलतापूर्व अवतरण गर्ने प्रयास विफल भएको थियो ।

चन्द्र सतहमा भेटिएको विक्रम ल्यान्डरसँग चन्द्रयादवले सम्पर्क स्थापना गर्न प्रयास गरिरहेको भारतीय अन्तरीक्ष अध्ययन केन्द्र इसरोनको अधिकारीलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । चन्द्रयान २ मा ल्यान्डर विक्रम थियो र विक्रमसँग प्रग्यान रोभर थियो । योजना अनुसार विक्रम चन्द्रयानबाट अलग भएर चन्द्र सतहतर्फ बढेको थियो । हल्का अवतरण गरेर प्रग्यान बाहिर निस्केर परीक्षणहरु गर्ने थियो ।

शनिबार विहान अवतरण गर्नुपर्ने यान वेपत्ता भएपछि इसरोनका वैज्ञानिकहरुले खोजी तिव्र पारेका थिए । यान आइतबार भेटिएपछि भारतीय वैज्ञानिकहरुमा आशा पलाएको थियो । चन्द्रयान( २ ले चन्द्रमालाई घुमिरहँदा क्यामरामार्फत् सतहमा रहेको विक्रम ल्यान्डरको तस्बिर खिचेको जनाइएको छ । इशरोनका प्रमुख के सिभनले दुई हप्तासम्म यानसँग सम्पर्क कायम गर्ने प्रयास गरिने बताएका थिए ।

हल्का अवतरण नभएकाले सम्पर्क प्रविधिहरुमा क्षति पुगेको हुनसक्ने भएकाले सम्पर्क हुने सम्भावना न्यून रहेको जनाइएको छ । तैपनि इशरोका वैज्ञानिकहरु हिम्मत हारेका छैनन् । Photo Source: Space



प्रतिक्रिया दिनुहोस्