Logo

छ सय कुकुरले आत्महत्या गरिसकेको पुल (भिडियोसहित)



सँसारमा यस्तो एउटा पुल छ त्यहाँबाट कुकुरले आत्महत्या गर्ने गरेको छ । पुलमा पुगेको कुकुर फर्किएको छैन । त्यहाँ कुकुर आत्महत्याका लागि उत्प्रेरित हुन्छ ।

स्कटल्यान्डको डन्बार्टन नजिकैको मिल्टन गाउँमार रहेको ओबरटन पुलमा एउटा यस्तो स्थान छ त्यहाँबाट बढी आत्महत्याको घटना भएको तथ्यांक छ । ५० फिट उचाईको पुलको भागबाट फाल हाल्ने गरेको कुकुरमध्ये सायदै बाँचेका छन् । सन् १९६० यता पुलबाट छ सय कुकुरले आत्महत्या गरिसके ।

अन्य स्थानमा कुकुर देखि सावधान लेखिन्छ तर त्यहाँ कुकुरले आत्महत्या गर्ने गरेबाट कुकुरलाई राम्ररी लान भनिएको छ । कुकुरका लागि सावधान अपनाउन लेखिएको छ । त्यहाँ भूतप्रेत रहेको विश्वास गर्नेहरु पनि छन् ।

त्यहाँ एउटा घटनको चर्चा हुन्छ । जसमा सन् १९९४ मा एक व्यक्तिले आफ्नो बच्चालाई यसै पुलबाट तल फालिदिएको थियो । उक्त बच्चा एन्टी क्राइस्ट थियो र केहि महिना पछी बच्चा फाल्ने व्यक्तिले समेत त्यहि पुलबाट हामफालेर आत्महत्या गरेको थियो ।

हेर्नुहोस् भिडियोः

Photo Source: Procaffenation



प्रतिक्रिया दिनुहोस्