Logo

चलचित्र “काले दाई”को ट्रेलर सार्वजनिक (भिडियोसहित)



चलचित्र “काले दाई”को ट्रेलरको भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको छ । चलचित्र “पर्व”मा समावेश चर्चित गीत “काले दाई”शिर्षक सापटी लिएर उक्त चलचित्र निर्माण भएको हो ।

चलचित्र प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथामा आधारित रहेको छ । यो विजय दशमी अर्थात् १७ असोजदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको छ । चलचित्रको मूलकथा एक कालो वर्णको युवकको जीवनमा आउने उचार–चढावमा केन्द्रित गरी शिव शर्माले निर्देशित गरेका हुन् ।

‘काले दाई’ मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी रहेको छ । यसमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्