Logo

पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउँदै



२४ भदौदेखि नेपाल आयल निगमले पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउँदै छ । प्रधानमन्त्री केपी शर्मा तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार दिउँसो १२ः१५ बजे आ–आफ्नो देशबाट स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नेछन् ।

पेट्रोल र मट्टीतेलको भण्डार क्षमता नभएकोले तत्कालको लागि पाइपलाइनबाट डिजेल मात्र ल्याउन लागिएको नेपाल आयल निगमस्रोतले जनाएको छ । यसरी ल्याउन लागिएको पेट्रोलियम पदार्थले निगमलाई वार्षिक झन्डै एक अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको छ । यसले गर्दा डिजेलको मुल्य सस्तो हुन सक्ने निगम स्रोतले जनाएको छ ।

पाइपलाइनबाट प्रति घन्टा २ लाख ९४ हजार लिटर डिजेल आयात गर्न सकिन्छ । निगमले अमलेखगञ्जमा ६० लाख किलो लिटर क्षमता रहेको स्टोर निमार्ण गरेको छ । पाइपलाइन निमार्ण गर्नको लागि आयल निगमले २७५ करोड रुपैयाँ खर्च गरेको छ । निर्माण कार्यको लागि दिइएको ३० महिनाको आधा समय अर्थात् १५ महिनामा काम सम्पन्न भएको छ ।

निगमले पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयत गर्दा ७० प्रतिशत माग पूरा हुने दाबी गरेको छ । नेपालमा वार्षिक २० प्रतिशतले पेट्रोलियम पदार्थको माग बढ्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्