Logo

राष्ट्र बैंकद्वारा जथाभावी कर्मचारी नियुक्तमा रोक



नेपाल राष्ट्र बैंकले २३ भदौंमा जारी गरेको निर्देशनमा ट्यालेन्ट हन्टका नाममा अपारदर्शी हिसाबले कर्मचारी भर्ना गर्ने परिपाटीमा बन्देज लगाएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ले दिएको अधिकार प्रयोग गरी केन्द्रिय बैंकले नयाँ निर्देशन जारी गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले अब  ट्यालेण्ट हन्टको नाममा जथाभावी कर्मचारी नियुक्त गर्न नपाउने भएका छन् । उनीहरुले कर्मचारी छनोट प्रक्रिया छुट्टै कार्यविधि बनाएर गर्नुपर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot