राष्ट्र बैकंको डुबेका ऋण उठाउन सहज तरिका


बैंक तथा वित्तीय संस्थाहरूलाई डुव्न लागेका ऋणहरू उठाउनका लागि नेपाल राष्ट्र बैंकले सहज हुने निर्देशन जारी गरेको छ ।

निर्देशिकामा भनिएको छ, पुनर्संरचना र पुनरतालिकीकरण गरिएका र धितो बिक्री गरी असुल गर्नुपर्ने प्रकृयामा रहेका खराब कर्जाहरूको सन्दर्भमा कर्जाको साँवा तथा ब्याज असुल गर्ने ब्यवस्था लागू गर्न अनिवार्य हुने छैन ।यस्तो अवस्थामा अब ऋणीले धितो बिक्री गरी ऋण असुल गर्नसक्ने अवस्था बनेको छ ।

यसैगरी निर्देशिकाले ५ दिनभित्रमा बैंकका ऋणीहरूको धितो फुकुवा गर्न निर्देशन दिएको छ । यसअघि ऋण तिरेको यथासक्य छिटो धितो फुकुवा हुने व्यवस्था थियो, समय तोकिएको थिएन ।

Skip This

Omoda E5 Pro