Logo

सभापति देउवा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता



काठमाडौं, २४ भदौ । नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ ।

भदौ २२ गते आइतबार नेपाल आएका चिनियाँ विदेमन्त्री वाङले स्वदेश फर्किनुअघि मंगलबार बिहान सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाट गरेका हुन् । देउवा र चिनियाँ विदशेमन्त्रीबीच नक्शालस्थित् होटल मेरिएटमा भेटवार्ता भएको हो ।

बिहानै भक्तपुर घुमेर फर्किएका वाङले देउवासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए ।उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

प्रतिक्रिया दिनुहोस्