Logo

सुन र चाँदी दुबैको मूल्य घट्यो



लगातार तीन दिनसम्म घटेर फेरी २३ भदौंमा २ सय रूपैयाँ प्रतितोला बढेको सूनको मूल्य २४ भदौंमा पुनः घटेको छ ।
छापावाला सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेर प्रतितोला ७१ हजार रूपैयाँमा र तेजावी सुन प्रतितोला ७० हजार ७००मा कारोबार भइरहेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी २३ भदौं भन्दा तोलामा १० रूपैयाँले घटेर ८७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्