Logo

अभिनेता ऋषि कपुर क्यान्सरको उपचारपछि भारत फर्किए



क्यान्सरको उपचारको लागि न्यूयोर्क पुगेका भारतीय अभिनेता ऋषि कपुर भारत फर्किएका छन् । उनी ११ महिना ११ दिनको उपाचार पछि १० सेप्टेम्बरमा भारत फर्किएका हुन् । ६७ वर्षिय कपुर आफ्नी श्रीमती नितु कपुरसँग फर्किने क्रममा मुम्बई एयरपोर्टमा देखिएका हुन् ।

उनीले आफु भारत आएको कुरा सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गरेका हुन् । एयरपोर्टमा लिइएको फोटोहरुमा कपुर धेरै खुसी देखिएका छन् । नितुले आफु र श्रीमान कपुरलाई स्वागत गर्न एयरपोर्टमा उपस्थित भएका सबै पत्रकारहरुलाई धन्यवाद व्यक्त गरिन् ।

कपुर न्यूयोर्क गएपछि उनलाई भेट्न धेरै सेलिब्रेटीहरू गएका थिए । ती सेलिब्रटीहरुमध्ये अनुपम खेर, आमिर खान, प्रियंका चोपड़ा, शाहरुख खान, करण जोहर, दीपिका पादुकोण र मलाइका अरोड़ा पनि हुन् ।

Photo Source: Rishi Kapoor Twitter



प्रतिक्रिया दिनुहोस्