Logo

प्रियंकाको “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक (भिडियोसहित)



फिल्म “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अभिनेत्री प्रियंका चोपडा र अभिनेता फर्हान अख्तर मुख्य भुमिकामा रहेका छन् । सोनाली भोस्लेको निर्देशनमा बनेको उक्त फिल्ममा पल्मोनरी फाइब्रोसिसबाट ग्रसित छोरीलाई परिवारले कसरी अगाडी लग्छ भन्ने कुरामा जोड दिई त्यही बीचको घटना क्रमलाई देखाइएको छ ।
यो फिल्म प्रेरणादायक वक्ता आयशा चौधरीको वास्तविक जीवन कहानीमा आधारित छ । यो फिल्म ११ अक्टोबरमा रिलिज हुने भएको छ ।

“द स्काई इज पिङ्क”ले बलिउड फिल्म क्षेत्रमा प्रियांकाको पुनरागमनको संकेत गरेको छ । प्रियांका बलिउडमा पछिल्लो समय सन् २०१६को जय गंगाजलमा पुलिसको भुमिकामा देखा परेकी थिइन् । त्यसपछि उनी हलिउड प्रोजेक्टका फिल्महरु “बेवाच, अ किड लाइक जेक र इजन्ट इट रोमान्टिक”मा देखा परेकी हुन् ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्