Logo

नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधिहरुले नदेख्दा हुन्छ : महानिरीक्षक खनाल



काठमाडौं, २४ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपालमा आएर आपराधिक गतिविधि गर्न सकिन्छ भन्ने सोचबाट मुक्त हुन आग्रह समेत गरेका छन् । नेपाललाई विदेशी अपराधिहरुको क्रिडास्थल बन्न नदिन आफ्नो संगठन सक्षम रहेको बताएका छन् ।

मंगलबार नेपाल पुलिस क्लब परिसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी खनालले यस्तो बताएका हुन् । आईजीपी खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधिहरुले नदेख्दा पनि हुने बताए ।

उनले विदेशी अपराधिहरुले कानुन दायरामा आउन मात्रै नेपाल आए हुने पनि स्पष्ट पारे । कार्यक्रममा उनले साइबर क्राइम र मानव बेचबिखन नियन्त्रणको कामलाई पनि नेपाल प्रहरीले उच्च प्राथमिकताका साथ अघि बढाएको पनि स्मरण गराए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्