Logo

नायिका तापसी पन्नुको “थप्पड”



अभिनेत्री तापसी पन्नु अहिले नयाँ चलचित्र “थप्पड”मा काम गरिरहेकी छिन् । निर्देशक अनुभव सिन्हा र तापसीको यो चौथो फिल्म हो । “थप्पड” एक महिला उन्मुख फिल्म हो र निर्माताहरूले फिल्म आगामी वर्ष महिला दिवसको वरिपरि रिलिज गर्ने भएका छन् ।

अभिनेत्री तापसी पन्नुले आफ्नो फिल्म सेटबाट एउटा तस्विर इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । उनले आफ्नो इन्स्टाग्रामर्फत आफूले प्रसिद्ध भारतीय उपन्यासकार, निबन्धकार र कवि अमृता प्रीतमको भूमिका गर्ने कुरा उल्लेख गरेकी छिन् । अमृतालाई २०औं शताब्दीको पहिलो पंजाबी भाषाकी अग्रणी महिला कवि मानिन्छ । उक्त तस्विरले निकै चर्चा कमाएको छ ।

तस्विरमा उनले “जब पुरुषले महिलाको शक्तिलाई इन्कार गर्छ, उसले आफ्नो अवचेतनलाई इन्कार गरिरहेको हुन्छ । –अमृता प्रीतम, एक अमृताबाट अर्काे अमृतामा सरेको…. मै तेनु फिर मिलंगी…. ६ मार्च २०२०” लेखेकी छिन् ।

Photo Source: Taapse Instagram



प्रतिक्रिया दिनुहोस्