Logo

किताब लेख्न अनौठो सय दिनको साइकल यात्रा



के किताब लेख्नको लागि मानिसले अहिले सम्म साइकल यात्रा गरेको छ ? यस्तै एउटा अनौठो घटना रुसमा भएको छ । एउटा मानिसले लगातार सय दिनको यात्रामा ८ हजार कि.मिको दुरी तय गरेको छ । रुसी एकेडेमीमा अध्ययन गर्दै आएका मक्सिम मिखालेभ नामक व्यक्तिले उक्त यात्रा तय गरेका छन् ।

उनले यूरासिया इन्टीग्रेशनमा “वान बेल्ट वान रोड”को किताब लेखेका थिए । सोहि किताबको दोश्रो भागको श्रंखलाका लागि उनी साइकल यात्रामा गएका हुन् । उनले साइकलद्वारा रुसको मोस्को देखि चीनको बेइजिङ्गसम्म आफ्नो सय दिनको यात्रा गरेका छन् ।

उनले यात्रालाई सफल बनाउन ३ हजार डलर खर्च गरेको जनाएका छन् । उनले २५ मे मोस्कोबाट यात्रा सुरु गर्दै कजाखस्तान, मंगोलिया र चीन को बेइजिङ्ग सम्म १ सेप्टेम्बरमा आफ्नो यात्रा टुङ्गाएका हुन् ।

उनले वान बेल्ट वान रोडको कुरालाई लिएर सो भ्रमण साइकलमा गर्ने निर्णय गरेको जनाइएको छ । उनले साइकल यात्रामा धेरै अचम्म र अनौठो कुराहरु आफ्नो आँखाले देखेको र उक्त कुराहरुलाई किताबमा समावेश गर्ने निर्णय गरेका छन् । यात्रा एकदम लाब्दायक र अर्थपूर्ण रहेको उनले जनाएका छन् ।

Photo Source: Tass



प्रतिक्रिया दिनुहोस्