Logo

विक्रम ल्यान्डरसँग यसरी हुनसक्छ सम्पर्क



चन्द्रयान २ को ल्यान्डर विक्रम चन्द्र सतहमा भएकाले योसँग सम्पर्कको सम्भावना जिवितै छ । यानबाट छुटेर चन्द्रमामा अवतरण गर्न लाग्दा सम्पर्कविहिन भएको विक्रम ल्यान्डरको बारेमा जानकारी पाएपछि सम्पर्कको प्रयास जारी राखेको भारतीय अन्तरीक्ष केन्द्र इशरोले जनाएको छ । उसले आज विज्ञप्ति जारी गरी सम्पर्कको प्रयास भइरहेको जनाएको छ ।

चन्द्रयान २ को ल्यान्डर विक्रमबाट कुनै सूचना प्राप्त भएको छैन । ल्यान्डरमा रहेको मेशिनमा क्षति पुगे नपुगेको कुनै जानकारी नआएको बताइएको छ । क्षति पुगेको भएमा सम्पर्क स्थापित नहुने सम्भावना छ । कडा अवतरण भएकाले क्षति भएको हुनसक्ने भनिएकोमा कुनै टुटफुट नभएको पुष्टि भइसकेको छ । विक्रम ल्यान्डर एकै ढिक्कामा छ ।

इशरोले ३२ मिटर लामो एन्टेना राखेर सम्पर्कको प्रयास गरिरहेको छ । चनद्रमाको अक्षमा रहेको चन्द्रयान २ सँग सम्पर्क स्थापित गर्न खोजिरहेको छ । विक्रमसँग रहेको एन्टेनासँग सम्पर्क स्थापित भएमा विक्रम ल्यान्डरले काम गर्न सक्छ ।

विक्रम ल्यान्डरसँग ऊर्जा रहे नरहेकोबारे पनि कुनै जानकारी छैन । सोलार प्यानल र ब्याट्रि प्रणाली भएकाले यसले ऊर्जा संकलन गर्न सक्छ । ल्यान्डरले ऊर्जा उत्पन्न गर्न सकेको नसकेको जानकारी आएको छैन । ऊर्जा उत्पादन गर्न नसकेपनि यो सँग पर्याप्त ऊर्जा रहेको जानकारी आएको छ । ल्यान्डरमा क्षति पुगेको अवस्थामा मात्र सम्पर्क नहुन सकछ ।



प्रतिक्रिया दिनुहोस्