Logo

विवाहित महिलाहरुको लागि मिसेस ट्यालेन्ट शो



रिवन इन्टरनेशनलले गर्दै आएको विवाहित महिलाहरुबीच हुने सौन्दर्य प्रतियोगिताको ट्यालेन्ट शो २४ भदौंमा सम्पन्न भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आउँदो ४ असोजमा प्रतियोगिताको अन्तिम छिनोफानो हुनेछ ।

प्रतियोगिताको यो पाँचौ संस्करण हो । मिसेस नेपालको ताजका लागि ३६ जना विवाहित महिलाबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरुलाई यतिबेला ग्रमिङ सेसनमा राखेर व्यक्तित्व विकास, नेतृत्व क्षमता लगायतमा तालिम दिइरहेको छ ।
हाल प्रतियोगितामा सहभागी महिलाहरुले अभिनय, नृत्य, कविता वाचन, चित्रकला, वक्तृत्वकलामार्फत आफ्नो कला प्रस्तुत गरेका हुन् ।

ट्यालेन्ट शोमा रंगकर्मी विरेन्द्र हमाल, शिक्षासेवी सुदन डोटेल, म्युजिक भिडियो निर्देशक समन अधिकारी, संगीतकार सरोज प्याकुरेल र चलचित्र निर्देशक तथा नृत्य निर्देशक सावित्री खत्री निर्णयक रहेका थिए ।

विजेतालाई नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरका साथै स्कुटर उपहार दिइने छ । यो वर्षको प्रतियोगिता लैगिंक असमानता विरुद्धको अभियान भन्ने मुल नाराका साथ आयोजना हुने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्