विश्वकप छनौट : नेपालद्धारा चाइनिज ताईपेई २-० ले पराजित


काठमाडौं, २४ भदौ । नेपालले चाइनिज ताइपेईलाई २-० गोलले हराएको छ। विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले चाइनिज ताइपेईको मैदानमा भएको खेलमा नेपालका अन्जन विष्टले दुई गोल गरेका हुन् ।

नेपालको जीतको लागि खेलको तेस्रो मिनेटमा अन्जनले नेपाललाई अग्रता दिलाएका थिए । त्यस्तै, उनले ६२ औँ मिनेटमा अर्को गोल गरेका थिए । पहिलो खेलमा नपाल कुवेतसँग ७-० गोलले पराजित भएको थियो। पाँच टोली रहेको समूह ‘बी’ मा नेपाल, कुवेत, चाइनिज ताइपेई र अस्ट्रेलिया छन्।

होम एन्ड अवे आधारमा खेलेपछि समूहको शीर्ष दुई टोली विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणमा पुग्नेछन्। नेपालले तेस्रो खेल १० अक्टोबरमा अस्ट्रेलियासँग उसको मैदानमा खेल्ने छ। pic. NSJF

Skip This

Omoda E5 Pro