Logo

एनसेल प्रकरणमा न्यायाधीशलाई महाअभियोग नलगाउँ : देउवा



सरकारले प्रेसलाई खेद्न खोज्यो

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संचारमाध्यमलाई अकुंश लगाउन खोजेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले कम्युनिष्टको सरकार आएदेखि स्वतन्त्रतामाथि हस्तक्षेप मात्रै बढेको बताएृका हुन् । राष्ट्रिय जागरण अभियानको दोस्रो चरण उद्घाटन गर्न सुनसरी पुगेका देउवाले देशमा कम्युनिष्ट शाषन ल्याउने प्रयास भइरहेको पनि बताए ।

प्रेसमाथि अंकुश लाउने, न्यायालय र प्रशासनमा हस्तक्षेप गर्ने जस्ता गर्नै नहुने काम वर्तमान सरकारले गरिरहेको बताउदै सभापति देउवाले यसलाई नसच्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

एनसेलको करका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूले अध्ययन गर्न बाँकी नै रहेको बताउदै सभापति देउवाले न्यायाधिशहरुलाई महाअभियोग लगाउने भन्दा पुनरावलोकनको मुद्दा दिनुपर्ने बताए ।

देउवाले संवैधानिक बाध्यता रहेको कारण कांग्रेसको राष्ट्रिय अधिवेशन अगाडि नै अन्तरिम खालका प्रदेशको समिति बन्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्