Logo

अञ्जन बिष्टको त्यो गोल



एक होइन दुई गोल । त्यो पनि विश्वकप फुटबल छनोटको दोस्रो चरणमा । नेपाली फुटबलमा विश्वकप फुटबल छनोटमा गोलको खडेरी अन्त गर्दै अञ्जन बिष्टले आशा दिलाएका छन् ।

छनोट चरणको पहिलो खेल कुबेतसँग ७-० ले गुमाएको नेपाली टोलीले दोस्रो खेलमा सानदार जित निकाल्न सक्यो । खेलको तेस्रो मिनेटमा ताइवानलाई उसकै मैदानमा गोल गरेपछि नेपाल खेलमा हावी भएको थियो । यसले नेपाली फुटबल प्रेमीमा नयाँ हौसला ल्याएको छ ।
फुटबलमा पछिल्लो समयमा नेपालको खेलस्तर खस्कदै गएको थियो । दक्षिण एशियामा नेपाली टोलीको स्तर खस्कदै गर्दा कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हासिल गर्न कठिन भएको थियो । विश्वकप छनोटमा नेपाल बलिया देशहरुसँग ठूलो गोल अन्तरले हार्ने गरेको छ । यसपटक कुवेतसँग त्यस्तै भयो । खेलमा सम्हालिन नसक्दा विचलित हुने अवस्था आयो ।

गएको विश्वकप संस्करणमा पनि नेपालले जोर्डनसँग उसको घरेलु मैदानमा ९-० को हार व्यहोर्दा काठमाडौंमा भएको खेलमा ११ को बराबरी गरेको थियो । नेपालको खेल आश्चर्यजनक नै हुनेगर्छ । यसपटक ताइवानलाई २-० ले पराजित गर्दा त्यस्तै भयो । पछिल्लो समय ताइवान बलियो टोली बन्दै गएको छ । उसलाई पराजित गरेपछि नेपाली टोली हौसिएको छ । अब नेपालले अष्ट्रेलिया जस्तो बलियो टोलीको सामना गर्नुपर्नेछ । अष्ट्रेलिया विश्वकप खेलिसकेको देश हो ।



प्रतिक्रिया दिनुहोस्