Logo

पशुपतिनाथको आरतीमा राष्ट्रिय गान राखेर आरती खोस्ने रणनीति



काठमाडौं, भदौ २४ । पशुपतिनाथमा साँझको आरतीमा राष्ट्रिय गान अनिवार्य गरियो । त्यसबारे विवाद उत्पन्न भयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा गरिएको आरतीपूर्व राष्ट्रिय गानको धेरै उद्देश्यमध्ये एक थियो आरती संचालनको जिम्मा पाएको संस्था वागमती नीति आरती परिवारलाई जिम्मेवारी मुक्त गर्नु ।

संस्थाले निश्चित रकम लिएर गर्दै आएको आरती पशुपति विकास कोषले आफू अन्र्तगत ल्याउन खोजेको छ । अहिले राष्ट्रिय गान बजाउन बन्द गरेलगत्तै कोषले निर्देशन नमाने जिम्मेवारी खोस्ने धम्की दिएको छ । पशुपतिमा पैसाको चलखेलमा कोष विवादमा पर्दै आएको छ । पछिल्लो घटनाक्रमले कोषका नाममा शक्ति र रकमको चलखेल गर्नेहरुको उद्देश्य उदांगिदै गएको छ । यसका लागि उनीहरुले मन्त्रीलाई समेत प्रभावित पार्न सके ।

विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले राष्ट्रियगान बजाउनु राम्रो भएपनि यसमा कोषले आरती संचालन गर्ने संस्थालाई जिम्मा नदिने खेल भइरहेको बताए । उनले भने, यसमा कोषले आरती संचालन गर्ने समितिलाई जिम्मेवारी नदिने खोजेको देखिन्छ ।

पशुपति क्षेत्र विकास कोषले नभई वागमती नीति आरती परिवारले गर्दै आएको आरती कोषलाई चलाउन लगाउने प्रयास भएको छ । आरती कोषको मातहतमा ल्याउन अनेकन चलखेल भइरहेको बताउँन् खेम आचार्य । यसमा ठूलो पैसाको खेल रहेको बताउँछन् युवा हिन्दु संघका अध्यक्ष सागर थापा । आर्थिक चलखेल र धर्ममाथि नियोजित आक्रमणको उद्देश्यले गतिविधिहरु भइरहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्