Logo

जेएनयू चुनावमा वामपन्थी निकट विद्यार्थीको जीत



जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनीयनको चुनावमा वामपन्थीले जीत हासिल गरेका छन् । वामपन्थी उम्मेदवारले निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मत ल्याई विद्यार्थी युनीयनको अध्यक्ष पद जितेका छन् ।

वामपन्थी समूहकी (आइसा) घोषले २०६९ मत ल्याउँदा भारतीय जनता पार्टी निकट अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) का मनिष जंगिडले ९८१ मत ल्याई तेस्रो स्थान हासिल गरे । दलित, आदिवासी र जनजातिसम्वद्ध दलनिकट बिर्से अम्बेडकर फुले विद्यार्थी युनीयनले दोस्रो स्थान हासिल गरेको छ । उसका जितेन्द्र सुनाले ९८५ मत ल्याए ।

कँग्रेस आई निकट नेष्नल स्टुडेन्ट युनीयन अफ इन्डिया एनएसयुआईका प्रशान्त कुमारले ६६५ मत ल्याए । अध्यक्ष पमदमै प्रियंका भारतीले १३७ र स्वतन्त्रका रागभेन्द्र मिश्रले ४७ मत ल्याए । कसैलाई पनि मत नदिइएको नोटामा ७५ मत परेको छ । खाली ३७ र ५१ मत बदर भयो ।

उपाध्यक्ष पदमा वामपन्थी उम्मेदवार साकेत मुनले निकटतम प्रतिद्वन्द्वी एबीभीपीका उम्मेदवारभन्दा झण्डै तेब्बर मत ल्याए । यो पदमा कसैलाई पनि मत नदिनेमा ४८४ मत परेको छ ।

सबै पदहरुमा वामपन्थीले जीत हासिल गरेपछि औपचारिक नजिता सार्वजनिक गरिएको छैन । आइतबार सकिएको मतगणना रोक्न भारतको अदालतले आदेश दिएको छ । दुईजना उम्मेदवारहरुले आफूहरुको उम्मेदवारी खारेज गरिएकोमा अदालतमा मुद्या दायर गरेपछि चुनावी नतिजा सार्वजनिक नगरिएको हो । १७ सेप्टेम्बरमा अदालतको आदेशपछि चुनावी नतिजा औपचारिक रुपमा प्रकाशन गर्ने नगर्ने टुंगो लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्