Logo

के गर्दैछन् महान बक्सर माइक टाईसन



एउटा समय यस्तो थियो माइक टाइसनसँग बक्सिङ भिडन्त गर्ने जो कोही रिङमा लामो समय टिक्न सक्दैनथियो । टाइसनको मुक्काका सामु जस्तोसुकै मुक्केवाज पनि माथ खान्थ्यो । किशोरावस्थामा विश्व हेभिवेट बक्सिङ उपाधि जितेर इतिहास रचेका टाइसनले खेलेरै ठूलो धनराशी कमाए । उनी विभिन्न कम्पनिको विज्ञापनमा सम्झौता गरेर उत्तिकै धन कमाउन सफल भए ।

टाइसनको नाम नै ब्रान्ड बन्यो । आजसम्म पनि यो नाम खेलप्रेमीहरुको कानमा गुञ्जिरहन्छ । टाइसन खेलका कारण मात्र नभई उदण्ड व्यवहारले पनि चर्चित भइरहे । कहिले बलात्कारमा मुछिन्थे त कहिले प्रतिद्वन्द्वीको कान टोकेर चर्चामा आउँथे ।

माइक टाइसन एक पटक यस ग्रहमा सबैभन्दा खराब मानिस मानिन्थे । उनी तस्बिर खिच्न आउने पापाराजीलाई आक्रमण गर्थे, प्रत्यक्ष मिडिया अन्तर्वार्तामा अश्लील कुरा गर्थे, यौन दुव्र्यवहारको कारण जेलमा समेत परे ।

जे जस्तो भएपनि माइक आजसम्मको बक्सिङ इतिहासका महान बक्सर मध्ये एक थिए । २१ वर्षको क्यारियरको दौरान, माइकले ५६ भिडन्त गरेर ५० मा जित हासिल गरे ।

टाइसन आजकल आइपी म्यानह्यंगओभर इत्यादि हलिउड फ्लिकहरुमा क्यामोज बनाएको देख्न पाइन्छ र मान्छेहरु उनलाई चलचित्रमा देख्न मन पराउँछन् । उनी अभिनयमा समेत लागेका छन् । धेरै मान्छेले उनको अभिनयको कदर गरेका छन् । हलिउडमा टाइसन छाउन सक्ने देखिदैछ । एनवाईसी परेवा रेस च्याम्पियनशिपमा पनि सक्रियतापूर्वक भाग लिन्छन् । यो ११ वर्षको उमेरदेखि गर्दै आएका थिए । उनले २०११ माए निमल प्लेनेटमा डकुमेन्ट गरिएको ’टेकिंग अन टाईसन’ भन्ने शो गरेका थिए।

उनको जीवन वृत्तचित्र ‘द अन डिसपियुट ट्रुथ ’ मा पनि खेले । आजकल टाइसन टेलिभिजन र चलचित्रमा रम्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्