Logo

जुम्ल्याहा टावरमा आतंकवादी हमलाको १९ औं वर्ष



आज सेप्टेम्बर ११ । आजकै दिन सन् २००१ मा अमेरिकामा विश्व व्यापार संगठनको जुम्ल्याहा भवनमा आतंकवादी हमला भएको थियो ।
विमान अपहरण गरेर टावरमा ठोक्काइएको थियो । घटनामा टावर ध्वस्त भएको थियो । घटनामा १९ जना अपहरणकारी सहित कुल दुई हजार नौ सय ७७ को ज्यान गएको तथ्यांक छ । घटनामा आतंकवादी संगठन अल कायदाले जिम्मेवारी लियो ।

अल कायदाको आक्रमणपछि अमेरिकाले उक्त संगठनमाथि कडा नीति ल्यायो । उसले अफगानिस्तानलगायत विभिन्न देशमा तालिवानमाथि आक्रमण गर्यो । अलकायदा नेता ओसामा विन लादेनलाई पाकिस्तानमा भेटेर कारबाहीको क्रममा मारिदियो ।
आजको दिन अमेरिकामा आतंकवादी हमलामा मारिएकाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिन्छ । Photo Source: youtube



प्रतिक्रिया दिनुहोस्