Logo

यसरी ध्वस्त पारिएको थियो ट्वीन टावर (भिडियोसहित)



सेप्टेम्बर ११को दिन सन् २००१ मा अमेरिकामा विश्व व्यापार संगठनको ट्वीन टावर आतंकवादी हमलामा ध्वस्त पारिएको थियो । विमान अपहरण गरी टावरमा ठोक्काइएको थियो ।

पहिलो विमान ठोक्काइएको केही समयमै दोस्रो विमान दोस्रो टावरमा ठोक्काइएको थियो । आतंकवादी हमलाका कारण भवन ध्वस्त भएको थियो भने झण्डै तीन हजार मानिस मारिएका थिए ।

अमेरिकामा विमान अपहरण गर्नेमा युवाहरु रहेको पुष्टि भएको थियो । उनीहरु विमान चालकको तालिम लिएका थिए । आत्मघाती हमला गर्न आतंकवादी संगठन अल कायदाले खटाएको थियो । घटनाको जिम्मेवारी अल कायदाले लियो ।

घटनामा १९ जना अपहरणकारी सहित कुल दुई हजार नौ सय ७७ को ज्यान गएको तथ्यांक छ । अल कायदाको आक्रमणपछि अमेरिकाले उक्त संगठनमाथि कडा नीति ल्यायो । उसले अफगानिस्तानलगायत विभिन्न देशमा तालिवानमाथि आक्रमण गर्यो । अलकायदा नेता ओसामा विन लादनेलाई पाकिस्तानमा भेटेर कारबाहीको क्रममा मारिदियो ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्