Logo

पाइपलाइट उद्घाटनपछि मोदीको नेपालीमा ट्वीट र रिट्वीट



काठमाडौं, भदौ २५ । नेपाल र भारतबीचको तेल पाइपलाइन शुभारम्भको स्वीच दबाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा ट्वीट गरेका छन् । उनले मङ्गलबार टवीटमार्फत् दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाइनको उद्घाटन गरेको उल्लेख गरेका छन् ।

पाइपलाइनले सबै खुशी हुने समेत बताए । ‘तपाईंहरु खुशी हुनुहुनेछ कि यो परियोजना निर्धारित समयभन्दा धेरै अघि नै सम्पन्न भयो,’ मोदीले ट्वीटमा भनेका छन् ।

मोतीहारी अमलेखगञ्ज पाइपलाइनले नेपाली जनतालाई सुलभ मूल्यमा तेल दिने विश्वास समेत लिएका छन् । उनले भनेका छन्, मोतिहारी अमलेखगञ्ज पाइपलाइनले नेपालका जनतालाई सुलभ मूल्यमा अझै सफा पेट्रोलियम पदार्थ दिनेछ । यसरी नै नेपाल र भारतबीचको सम्बन्ध अझ उचाईमा पुग्ने मोदीको विश्वास थियो ।

भिडियो कन्फेरेन्समार्फत् स्वीच एकसाथ दबाएर प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाइपलाइन उद्घाटन गरेका थिए । स्वीच थिच्दा दिल्लीमा मोदीको साथ भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्य समेत थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश सचिव विजय गोख्ले पनि सँग थिए ।



प्रतिक्रिया दिनुहोस्