Logo

पाइपलाइनको जस लिन खाजेको नभई ओलीकै योगदान रहेको रिमालको भनाई



काठमाडौं, भदौ २५ । पेट्रोलियम पाइपलाइन उद्घाटनपछि जस लिने र नदिने क्रम चलिरहँदा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेका छन् । उनले पाइपलाइन बन्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जस जाने आशयको धारणा बाहिर ल्याएका हुन् ।

रिमालले लेखेका छन्, जस लिन खोजेको होइन, चर्चा जहिले देखिको भएपनि प्रम ओली र भारतीय समकक्षी प्रम मोदीले संयुक्त शिलान्यास गरेको १५ महिनामा यो परियोजना सम्पन्न भयो । परियोजनाको चर्चा भएको दुई दशक बितिसकेको छ । यसका लागि जग्गा मुआब्जा, जङ्गल क्षेत्र पर्ने ठाउँको व्यवस्थापनलगायतले निर्माण ढिला भएको थियो ।



प्रतिक्रिया दिनुहोस्