Logo

नियमारमाथि बलात्कारको आरोप लगाउने युवती ‘ब्ल्याकमेलर’



ब्राजिली फुटबल स्टार नियमारमाथि लागेको बलात्कारको मुद्या खारेज भई उनी निर्दोष ठहर भइसकेका छन् । तर, उनलाई बलात्कारको आरोप लगाउने महिला र उनका पतिमाथि ब्ल्याकमेलिङको अभियोग लागेको छ ।

ब्राजिलको प्रहरील नजिला ट्रिनिडाडी र उनका पूर्व पति एस्टिभेन्स आल्भेसमाथि ब्ल्याकमेलिङ गरी न्यायलाई प्रभावित पार्न खोजेको अभियोग दर्ता गरेको छ । पैसाका लागि योजनावद्ध तरिकाले ब्ल्याकमेलिङ गरेको आरोप उनीहरुमाथि लगाइएको छ । आरोप पुष्टि भएमा दुवैजना जेल जानुपर्नेछ ।

पेरिस सेन्ट जर्मेनबाट खेल्ने फुटबल स्टार नियमारमाथि नजिलाले बलात्कारको आरोप लगाएकी थिइन् । पेरिसको होटलको कोठामा दुवैबीच भएको झगडाको भिडियो सार्वजनिक भएको थियो । जूनमा बाहिर आएको यो विषयले निमारलाई समेत तनावमा पारेको थियो । उनले सहमतिमा सम्पर्क भएको र बलात्कार नभएको बताएका थिए । भिडियोमा दुवै हाँसखेल गर्दै कोठामा छिरेको र पछि महिलाले निमारमाथि कुटपिट गर्न खोजेको देखिन्छ । योजनावद्ध तरिकाले भिडियो बनाइएको समेत देखिन्छ । Photo Source: Foxsports & Skynews



प्रतिक्रिया दिनुहोस्