Logo

विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता, विधेयक अलमलमै



काठमाडौं, २५ भदौ । राज्यव्यवस्था तथा सुशासन समिति अलमलै रहदाँ नागरिकता विधेयक पास हुन सकेको छैन् । नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अलमलमा परेको छ ।

विवादित विषयमा सहमति जुटाउन बनाएको उपसमितिले समेत समस्या सुल्झाउन नसक्दा उक्त विधेयकले गति लिन सकेको छैन् । चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचिमा राखिको छ ।

समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको छ । आजको कान्तिपुर दैनिकमा राजेश मिश्रले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्