Logo

ओजेटी गर्दै आएकी किशारीमाथी इञ्जिनीयरको आँखा, गरे बलात्कार



बैतडी, भदौै २५ । बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेको प्रहरले जनाएको छ ।

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ। उनले गत सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा ल्याएर होटलमा जबर्जस्तीकरणी गरेका थिए ।

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरीको भनाई छ । सव–इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ।रासस



प्रतिक्रिया दिनुहोस्