Logo

पत्नी वियोगमा परेका श्रीमानद्वारा आत्महत्या



ओखलढुंगा, भदौ २५। केहि दिन पहिले आत्महत्या गरेकी श्रीमतीलाई सम्झदै श्रीमानले पनि आत्महत्या गरेका छन् । नाममा पत्र जिल्लााको चिसंखुगढी–६ भदौरेका युवक नविन परियारले आत्महत्या गरेकी २१ वर्षिया श्रीमती गंगा परियारको नाममा पत्र लेखेर मंगलबार आत्महत्या गरेका हुन्।

२२ बर्षीय नविनले भदौ ४ गते खोटाङको रावाबेसी गाउँपालिका–२स्थित माइती गएको समयमा झुण्डिएर आत्महत्या गरेकी उनकी श्रीमती गंगाकै सल प्रयोग गरेर आत्महत्या गरका हुन ।

गंगाले आत्माहत्या गर्नुको कारण नखुले पनि नविनले भने पत्नी वियोगको पीडाले आत्माहत्या गरेको उनले लेखेकोसुसाइड नोटउल्लेख छ । ‘प्यारी श्रीमती, तिमी म भन्दा अगाडी गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु, यो कदम मैले कसैको करकापले लिएको हैन’, नविनले आफ्नो मृत्यु पहिले लेखेको पत्रमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्