Logo

त्रि–चन्द्रमा पढदै कुकुर, विद्यार्थीको कलेज कुकुरलाई होस्टेल



काठमाडौं, भदौ २५ । चौथो राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा विसं १९७५मा नेपालको पहिलो उच्च शिक्षा दिने संस्था त्रिचन्द्र कलेजको अवस्था नाजुक बन्दै गएको छ ।

कलेज प्रशासनको लापरवाही यति बढेको छ कि अहिले कलेज कुकुर सुत्ने होस्टेल बन्न पुगेकोछ । समाजिक सञ्जालमा भाइरल बनिरहेको एउटा तस्विरले अहिले कलेज प्रशासनको खिल्ली उडाई रहेको छ ।

त्यसो त नेपालमा उच्च शिक्षाको शूरुवात गर्ने कलेजले अहिलेसम्म लाखौ विद्यार्थीको जिवनमा शैशिक उज्यालो दिएपनि अहिले भने त्यो अवसर जनावरले पनि पाउन थालेका छन् ।

भाइरल बनिरहेको उक्त फोटोका अनुसार हालै कलेजको कक्षाकोठामा पढाई चलिरहेको समयमा एक कुकुर लुरुलुरु आएर विद्यार्थीको विचमा बसेर शिक्षकले पढाएको कुरा ध्यान दिएर सुनिरहको देख्न सकिन्छन । तर, उक्त कुकुर कुनै शैक्षिक ज्ञान लिन भने आएको होइन ।

कलेजको प्रशासनको लापरवाहिका कारण उक्त कक्षा कोठा हाल आएर उक्त कुकुरको सुत्ने कोठाको रुपमा रहदै आएको रहेछ । त्यहाँ पढिरहेको विद्यार्थीले पनि उक्त कुकुरलाई धपाउने कुनै प्रयास नगरेपनि फोटो भने खिचेर समाजिक सञ्जालमा हाल्न भ्याएका छन् ।

त्रि–चन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन कमजोर शिर्षकमा उक्त फोटो एनइवि रिजल्ट नामक फेसबुक पेजबाट सार्वजनिक भएको छ ।



प्रतिक्रिया दिनुहोस्