Logo

नेपाल वायुसेवा निगमकोे व्यवस्थापन समूह असक्षम



काठमाडौं, भदौ २५ । नेपाल वायुसेवा निगमकोे वर्तमान व्यवस्थापन समूह संस्थाको सेवा सञ्चालन गर्न सक्षम नरहेको एक प्रतिवेदनले देखाएको छ।

निगमको खरिद प्रक्रिया सम्बन्धमा अध्ययन गर्न बनेको संसद्को अन्तर्राष्ट्रिय समितिले गत आइतबार सार्वजनिक गरेको प्रतिवेदनले व्यवस्थापन समूह नयाँ जहाज उडाएर संस्था सञ्चालन गर्न अक्षम रहेको देखाएको हो।

करिब १० महिनाअघि दीपकप्रकाश भट्टको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन भएको थियो। यसले दिएको प्रतिवेदनले निगमको व्यवस्थापनमा व्यापक सुधार गरी उडान क्षेत्रमा सबैभन्दा सुरक्षित, यात्रामुखी, समयनिष्ट र विश्वसनीय एवं भरपर्दो बनाउन निगम सञ्चालक समितिको स्वरुपमा आमूल परिवर्तन गरी उच्च नैतिकता र उड्डयन क्षेत्रमा दखल राख्ने योग्य व्यक्तिलाई सदस्य बनाउनुपर्ने सुझाव दिएको छ।

सञ्चालक समितिमा रहनेमध्ये ५० प्रतिशत सदस्य निगममै कार्यरतमध्येका रहनुपर्ने भन्दै उपसमितिले सञ्चालक समिति अन्तर्गत रहने गरी निगममा अन्तर्राष्ट्रिय विभाग, आन्तरिक विभाग र भूमिस्थ सेवा विभाग स्थापना गरी एक–एकजना प्रमुख कार्यकारी राखी र उनीहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिनुुपर्ने जनाएको छ।

निगमको हालको समग्र अवस्था दयनीय रहेको उपसमितिले ठहर गरेको छ। निगमसँग जोडिएका हजारौं व्यक्तिको रोजगारी, नेपालको पर्यटन व्यवसायमा पु(याउन सक्ने योगदान र निगमसँग कारोबार गर्ने बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी तथा निगमसँग जोडिएका निकायले सरकारलाई दिन सक्ने राजस्व समेतको योगदानलाई मध्यनजर गर्दै निगमको व्यवस्थापनमा सुधार गर्न आवश्यक रहेको प्रस्ट पारेको छ।आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्