Logo

नेपाल चिनाउने डिजिटल माध्ययम आजको आवश्यक्ताः मन्त्री भट्टराई



काठमाडौं, भदौ २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालबारे पर्याप्त जानकारी दिने डिजिटल माध्यमको विकासमा जोड आवश्यक रहेको बताएका छन् ।

मंगलबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे मन्त्री भट्टराईले डिजिटल यूगसंगै नेपालको पर्यटन विकासमा टेवा पु¥याउन त्यस्ता सञ्चार माध्ययमको आवश्यकता औल्याएका हुन र नेपाल पर्यटन बोर्डले सञ्चालनमा ल्याएको फोटोनेपाल डट ट्राभल नामक वेबसाइट उद्घाटनमा उनले आधुनिक डिजिटल युगको विकाससँगै नेपाल चिनाउन प्रविधिको उच्चतम विकास आवश्यक बताए ।

उक्त वेबसाइटमा नेपाल चिनाउने विभिन्न ठाउँ, संस्कृति र फोटो अपलोड गरी नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए। पर्यटन वर्षको अवसरमा सञ्चालनमा आउने यस्ता वेबसाइटले करोडौं फलोअर्स पाउने उनले भनाई राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्